२२ जेठ २०८३, शुक्रबार

आमाविना नै दुई पिताबाट जन्मिने मौरीको प्रजाति भेटियो

मंसिर १४, २०७५
आमाविना नै दुई पिताबाट जन्मिने मौरीको प्रजाति भेटियो

काठमाडौं — वैज्ञानिकहरूले दुई पिताबाट जन्मिने मौरीको एक प्रजाति फेला पारेका छन् । त्यो मौरी जन्मिन आमा चाहिँदैन ।

सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ताहरू सारा आमिडोर र उनको टोलीका अनुसार, मौरीहरूमा प्रजननको किसिमका बारेमा अध्ययन गर्दा यो विशेष प्रजाति फेला परेको हो । 

कुनै पनि मौरी दुई पिताबाट जन्मिन सक्दो रहेछ भनी पत्ता लागेको यो पहिलो अवसर हो । 

साराका अनुसार, मौरीमा प्रजननका अनेकौं तरिका हुन्छन् जुन मनुष्यमा सम्भव छैन । 

रोयल सोसाइटी बायोलोजी लेटर्स जर्नलमा प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले गाइउन्ड्रोमर्फ प्रजातिका ११ मौरीको प्रजातिको प्रजनन प्रक्रियाको निरीक्षण गरेको लेखिएको छ । प्रत्येक मौरीका फरक फरक भागको अध्ययन गरियो । 

अनुसन्धानमा प्रत्येक मौरीका दुईदेखि तीन पिता र एक आमा अनि कुनै कुनै मौरीका दुई पिता छन् र आमा नै छैनन् । 

त्यो मौरीमा आमाबाट पाइने जेनेटिक सामग्री पाइएन । वैज्ञानिकहरूका अनुसार, यो मौरी दुई नर मौरीको वीर्यबाट बनेको हो । 

मनुष्यमा वीर्य र अण्डा मिलेर निषेचन प्रक्रियाबाट प्रजनन हुन्छ । त्यतिखेर हुने रासायनिक प्रक्रियामा एक अण्डामा एउटा शुक्राणुले मात्र प्रवेश पाउँछ । तर मौरीहरूमा एकभन्दा बढी वीर्यको प्रवेश हुन सक्छ । 

अण्डामा पसेपछि वीर्यको झुप्पा नै बन्छ । त्यसपछि यो सानो सानो भागमा बाँडिन्छ र भ्रूणमा विकसित हुन थाल्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्