
काठमाडौं– प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक सोमबार बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनु एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुन लागेको हो । मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउँदै छन् । संविधान अनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि संवैधानिक परिषदले नयाँ व्यक्तिको सिफारिस गर्न लागेको हो ।
संवैधानिक परिषदका सदस्यहरुलाई बैठक बस्ने जानकारी सहित पत्राचार गरिएको प्रधानमन्त्री तथा संवैधानिक परिषदको कार्यालयले जनाएको छ । न्यायपरिषदले प्रधानन्यायाधीश हुन योग्यता पुगेका दुई न्यायाधीश चोलेन्द्र शम्सेर जबरा र दीपकराज जोशीको व्यक्तिगत विवरण संवैधानिक परिषदमा पठाइसकेको छ ।
जसमा दीपकराज जोशी यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएको कैफियतसहित जानकारी दिइएको छ ।