०३ असार २०८३, बुधबार

अनेरास्ववियूद्वारा पोखरा ईन्जिनियरिङ कलेजमा तालाबन्दी

मंसिर १७, २०७५
अनेरास्ववियूद्वारा पोखरा ईन्जिनियरिङ कलेजमा तालाबन्दी

कास्की–कलेज प्रशासनले आफ्ना जायज मागहरुलाई बेवास्ता गर्दै आलटाल प्रवृति देखाएको भन्दै पोखरा ईन्जिनियरिङ कलेजका बिद्यार्थीहरुले कलेज तालाबन्दी गरेका छन् । 

२०७५ मंसिर ९ गते कलेज प्रशासनमा भएको तोडफोड र प्रशासकको कुर्सि आगजनीबारे उचित छानबिन गरि  दोषिलाई कारबाहीको दायरामा ल्याउन अनेरास्वबियू ९अनेरास्ववियु र अखिल क्रान्तिकारी०ले गत मंसिर १० गते विज्ञप्ति मार्फत गरेको आग्रहको बेवास्ता गरेको र घटनालाई अतिरन्जित बनाउन कुनै एक बिद्यार्थी संगठनको लहैलहैमा लागेर अनेरास्ववियूको बिमति रहदा रहदै एकतर्फी रुपमा बिद्यार्थी कल्याणकारी परिषदको मिति घोषणा गरेको बिद्यार्थीहरुले प्रशासनप्रति आरोप लगाएका छन् । 
   

       विद्यार्थीहरुले तालाबन्दी गर्दै गत मंसिर १० गरेका मागहरु संगै मनलाग्दी रुपमा गरिएको शुल्क वृद्धि फिर्ता, अनियन्त्रित रुपमा छरिएको निर्माण सामग्रीको उचित ब्यबस्थापन, कलेज हाताभित्र रहेका व्यापारिक संस्थाहरु हटाईनुपर्ने , डिप्लोमा र बि।ई।को फरक फरक लाइब्रेरी हुनुपर्ने , गुणस्तरिय शिक्षा संगै नियमित पठनपाठन, प्रयोगशाला र प्रयोगात्मक कक्षाहरुमा आवस्यक उपकरणहरुको तत्काल ब्यबस्थापन हुनुपर्ने लगायतका मागहरु राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्