साउन २, २०७९
कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का) को पानी प्रयोग गर्दै आइरहेकी छन् । हिउँद होस् या बर्सात सधैंजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने ला...
काठमाडाैं | मंसिर १७, २०७५
काठमाडौं – राजधानीको मध्य भागमा पर्ने कुलेश्वर, टेकु, त्रिपुरेश्वर, थापाथली तथा कुपण्डोल क्षेत्रका बासिन्दा वाग्मती नदीबाट आउने ढलको दुर्गन्धले आजित बनेका छन् ।
नदीमा पानीभन्दा बढी ढल बग्छ । किनारमा फोहोरका डंगुर छन् । कुपण्डोल–थापाथली वाग्मती पुल हुँदै यात्रा गर्ने यात्रुहरू नाक नथुनी हिँड्न सक्ने अवस्था छैन ।
घरबाट निस्किने फोहारदेखि मरेका गाईवस्तु तथा कुकुरको सिनो किनारमै फालिएका छन् ।
वाग्मती सरसफाई अभियानले ३००औं हप्ता छुने बेला भइसक्यो, तर यस क्षेत्रमा अनुभूति हुने गरी सरसफाईको प्रभाव देखिएको छैन। आसपासका वासिन्दाको फहोर र ढल निर्धक्कसँग वाग्मतीमै मिसिइरहेको छ ।
‘एक-दुईपटक आएका थिए, त्यसपछि कोही आएका छैनन्,’ त्रिपुरेश्वरबाट सानेपातर्फ जाने पुलको छेवैमा बस्ने हरि सापकोटाले भने, ‘हामी पनि फोहोर नदी किनारमा नै फाल्ने हो । फोहोर लिन आउँदैनन्, अन्त फाल्ने ठाउँ पनि छैन, कहाँ फाल्नु त ?’ उनी यस क्षेत्रमा बस्दै आएको १० वर्ष बितिसकेको छ ।
यस्तै गुनासो कुलेश्वरस्थित पुलको छेउमा घर भएकी सरिता राईको पनि छ । काखमा सानो छोरा च्याप्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘सिनो पनि यहीँ फालिएको छ । गिद्ध र कौवाले घरघरमै ल्याउँछन्, हामीलाई बाँच्नै गाह्रो छ । सफा गर्न कोही आउँदैनन् । फलफूल बजारबाट निस्केको सबै फोहोर यही किनारमा फाल्छन्, गन्हाएर बस्नै गाह्रो भो । घर नै बेचेर अरु ठाउँमा सर्ने सोचेका छौं ।’
त्यहाँ नजिकै रहेको बंगुर बधशालाले पनि दुर्गन्ध बढाएको छ ।
प्रदूषण र दुर्गन्धले गर्दा त्यस क्षेत्रमा बसोबास गर्नेहरू बिरामी पनि पर्ने गरेको पुलमा काम गर्दै गरेका ज्यामी रामबाबु यादवले बताए ।
यस्तो समस्या भएको वर्षौं बितिसक्यो, तर न सरकार न त स्थानीय कोही पनि यसबारे गम्भीर बन्न सकेका छैनन् ।
हेर्नुहोस्, भिडियो :
थप तस्वीरहरू :
कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का) को पानी प्रयोग गर्दै आइरहेकी छन् । हिउँद होस् या बर्सात सधैंजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने ला...
रूपन्देहीको देवदहकी सरू अधिकारीको बुटवलमा १४६ सदस्यीय परिवार छ । अविवाहित सरू वृद्धवृद्धादेखि साना बालबालिकाकी अभिभावक/अभियान्ता हुन् । मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक अधिकारी सडकबाट उद्धार गरेर आश्...
धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए । स्थानीयले यसरी दुःख गरेको महिनौं द...
भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ की १८ वर्षीय निशा निगल घाइते अवस्थामा भक्तपुरको इवामुरा अस्पतालमा उपचाररत छिन् । उनको खुट्टा फ्याक्चर भएर प्लास्टर गरिएको छ भने हातमा लतपतिएको रगत देख्न सकिन्छ । सुकि...
पाँच वर्ष अघिसम्म ड्रागन फल आमनेपालीका लागि नौलो थियो । विदेश घुमेका र शहरमा बस्ने उच्च वर्गले मात्र यो फलको बारेमा जानकारी पाएका थिए । आमजनतालाई यो फलबारे न जानकारी थियो, न किन्ने पहुँच । जब एकजन...
नेपाली बजारमा २ वर्ष अघिदेखि आएको ‘हट एण्ड स्पाइसी’ (पीरो) चाउचाउले अहिले बजार पिटिरहेको छ । तयारी ‘नूडल्स’ खाने नेपाली बानीमा स्पाइसीले नयाँ स्वाद थपेको छ । मुलुकका ग्रामीण भेग...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...