
काठमाडौं– मधेस बिखण्डको नारा लगाउँदै आएका डा. सिके राउतको गिराफ्तारीविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
गत असोज २९ गते जिल्ला अदालत रौतहटमा तारेख बुझाउन आएका राउतलाई प्रहरीले अदालत बाहिरबाट पक्राउ गरेको थियो ।
अदालत बाहिरबाट राउत र उनका समर्थकसहित ३ जनालाई नियन्त्रणमा लिइएको थियो ।
राउतको गिरफ्तारी गैरकानूनी भएको भन्दै उनका दाजु कात्तिक ११ गते सवोृच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
जयकान्तको रिटको सुनुवाई गर्दै सवोच्चकी न्यायाधीश मिरा खड्काले १३ कात्तिकमा राउतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेकी थिइन् ।
त्यसयता राउतको मुद्दामा ६ वटा पेशी तोकिएका थिए । सातौं पेशीको रुपमा सोमवार न्यायाधीश दीपकराज जोशी र वम कुमार श्रेष्ठको इजलाशले राउतको गिरफ्तारीविरुद्ध परेको रिट खारेज गरिदिएको हो ।