२० असार २०८३, शनिबार

शृंखला मिस वल्डको ‘फाइनल राउण्ड’मा

मंसिर १८, २०७५
शृंखला मिस वल्डको ‘फाइनल राउण्ड’मा

कामठाडौं— मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् । शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । 

यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् । हेड टु हेड च्यालेन्जमा पराजित भए पनि उनी मल्टिमिडिया अवार्डमा बाजी मार्दै मिस वर्ल्डका लागि एक कदम अघि बढ्न सफल भएकी हुन् । 
मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुँदैछ ।, अन्नपूर्ण पोष्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्