३१ असार २०८३, बुधबार

विधान मस्यौदामाथि छलफल गर्न कांग्रेस बैठक आज पनि बस्ने

मंसिर १८, २०७५
विधान मस्यौदामाथि छलफल गर्न कांग्रेस बैठक आज पनि बस्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको प्रस्तावित विधान मस्यौदामाथिको छलफल जारी छ । कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावित विधानको मस्यौदामाथि छलफल चलिरहेको हो । मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ ।

सोमबार केन्द्रीय सदस्य बलबहादुर केसी, डा नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, डा शेखर कोइराला, जीवनबहादुर शाही, रत्ना शेरचन र किरण यादवले आ–आफ्नो धारणा राखेको पार्टी कार्यालयले जनाएको छ ।

बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्