२० असार २०८३, शनिबार

अनेरास्ववियुमा यसकारण सुरु भयो फेरी लफडा

कात्तिक २०, २०७४
अनेरास्ववियुमा यसकारण सुरु भयो फेरी लफडा

काठमाडौ ३० मङ्सिर - अनेरास्ववियुमा कार्यविभाजनको विषयलाई लिएर फेरि विवाद भएको छ ।
महासचिव ऐन महरले निर्णय विपरीत केन्द्रीय सदस्यको कार्यविभाजनको परिपत्र जारी गरेको भन्दै केही पदाधिकारीले विरोध जनाएका छन् ।anfsu
सचिव सुदेश पराजुलीले महासचिव महरले पार्टी परिपत्र र बैठकको निर्णय विपरीत परिपत्र जारी गरेकाले मान्य नभएको बताए । ‘‘पदाधिकारी बैठकमा एउटा निर्णय भएको थियो तर महासचिवले त्यो निर्णयलाई फेरबदल गरेर कार्य विभाजन गरी सर्कुलर पठाउनुभएको छ’’उनले भने –‘‘सर्कुलर निर्णय विपरीत रहेकाले हामीलाई मान्य छैन ।’’
असन्तुष्ट पक्षले निर्णय सच्चाउन माग गर्दैै आज आफू पक्षीय भेला आयोजना गरेको छ ।
अध्यक्ष नवीना लामाले पठाइएको परिपत्रमा केही जिम्मेवारीमा फेरबदल भएकाले सच्चाउनुपर्ने बताइन् । उपाध्यक्ष सुनिता बरालले भने सबैको सहमतिमा नै कार्यविभाजन गरेर परिपत्र जारी गरिएको बताइन् ।
महासचिव महरले आज तल्ला तहमा केन्द्रीय सचिव, सचिवालय सदस्य र केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको परिपत्र पठाएका थिए । महाधिवेशन भएको नौ महिना भइसक्दा पनि विवादका कारण अझै कार्यविभाजन भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्