२१ असार २०८३, आइतबार

नयाँ नियुक्त हुने राजदूतलाई थप प्रशिक्षण दिन सुझाव

मंसिर २२, २०७५
नयाँ नियुक्त हुने राजदूतलाई थप प्रशिक्षण दिन सुझाव

काठमाडौँ–पूर्वराजदूतहरूले नयाँ नियुक्त हुने राजदूतहरुलाई सम्बन्धित देशको कानुन, सामाजिक संरचना तथा कूटनीतिक मर्यादका विषयमा कम्तीमा एक महिना प्रशिक्षण दिने व्यवस्था गर्न सुझाव दिएका छन् । 
हाल परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले एक साताको प्रशिक्षण दिने गरे पनि अपूर्ण भएको पूर्वराजदूतहरूको भनाइ छ । 

राजदूत नियुक्तिपूर्वको मापदण्ड र नियुक्ति भइसकेपछिको राजदूतको भूमिकाबारे संसदीय सुनुवाइ समितिमा आफ्ना धारणा राख्दै पूर्वराजदूतहरूले उत्तरदायित्व र जिम्मेवारीका हिसाबले देशकै प्रतिनिधित्व गर्ने व्यक्ति भएकाले छनोटमा नै ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।
 समितिले पहिलोपटक प्रस्तावित राजदूतको संसदीय सुनुवाइको पूर्वसन्ध्यामा राजदूतको भूमिकाबारे विज्ञसँग परामर्श गरेको हो । यस्तै, समितिले केही समयअघि परराष्ट्र मन्त्रालयले तय गरेको मापदण्डबारे पनि धारणा सुनेको थियो । 
छलफलमा पूर्वराजदूत रामभक्त पीबी ठाकुरले राजदूतलाई हाल दिने गरिएको तालिम अपर्याप्त भएको भन्दै कम्तीमा एक महिना तालिमको व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिए । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्