२८ जेठ २०८३, बिहीबार

करणको उत्कृष्ट प्रदर्शनमा विराटनगरको विजयी शुरुआत

मंसिर २२, २०७५
करणको उत्कृष्ट प्रदर्शनमा विराटनगरको विजयी शुरुआत

  काठमाडौँ– करण केसीको उत्कृष्ट ब्याटिङसँगै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा विजयी शुरुआत गरेको छ ।

 कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियर्सलाई तीन विकेटले पराजित गर्दै विराटनगरले विजयी शुरुआत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पूरै २० ओभरमा नौ विकेट गुमाएर १०४ रनको मध्यम स्कोर बनाएको थियो । एक सय ५ रनको विजयी लक्ष्यमा विराटनगरले दुई बल बाँकी हुँदा पूरा ग¥यो । ५० रन जोड्दा ६ विकेट गुमाइसकेको विराटनगरका लागि करण केसीले उत्कृष्ट ब्याटिङ गरे । तीन छक्का र एक चौका प्रहार गरेका कारणले अविजित ३६ रन जोडे । यस्तै आसिफ शेखले १९, अनिलकुमार साहले ११ रन जोडे । कप्तान पारस आठ रनमा आउट भए ।

ललितपुरका लागि गौरव टोमरले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १० रन खर्चेर तीन विकेट लिएका थिए । सन्दीप लामिछानेले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । खराब शुरुआत गरेको ललितपुरले ३९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो । तर कप्तान ज्ञानेन्द्र मल्ल र सन्नी पटेलले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरे । पटेल व्यक्तिगत २० रनमा आउट भए । मल्लले ४९ रनको योगदान गरे ।

जितसँगै विराटनगरले दुई अङ्क जोडेको छ । ललितपुरले भने हारबाट प्रतियोगिताको शुरुआत गरेको छ । लिगअन्तर्गत आइतबार पहिलो खेलमा ललितपुर प्याट्रियस र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले खेल्नेछ ।

        प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् । विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्