०३ असार २०८३, बुधबार

बैतडीकाे दुर्गम गाउँमा घुम्ती शिविर, नागरिकता बनाउनेदेखि अाैषधि वितरणसम्मकाे सेवा

मंसिर २३, २०७५
बैतडीकाे दुर्गम गाउँमा घुम्ती शिविर, नागरिकता बनाउनेदेखि अाैषधि वितरणसम्मकाे सेवा

बैतडी-जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मालीका २५० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो ।

शिविरमा जिल्ला निर्वाचन कार्यालयले १५० जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको उहाँले बताउनुभयो । शिविरमा सुख्खा फलफूल विकास केन्द्रले विभिन्न तरकारीको बीउ वितरण गरेको छ भने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको लागि औषधि वितरण गरेको छ । 

शिविरमा घरेलु तथा साना उद्योग, नेपाल प्रहरी, जिल्ला हुलाक कार्यालय लगायतका सरकारी कार्यालयले सेवा दिएका छन् । आफ्नै गाउँघरमा सरकारी सेवा प्राप्त गरेपछि स्थानीयवासी खुशी भएका छन् । 

आज शिवनाथको सुल्लेखानमा शिविर सञ्चालन भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । मङ्सिर २४ र २५ गते पञ्चेश्वरको कुलाउमा शिविर सञ्चालन हुनेछ भने २६ र २७ गते मेलौलीमा शिविर सञ्चालन हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्