
काठमाडौं– एभरेष्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत चितवन टाइगर्स र काठमाडौं किंङ्सबीचको खेल जारी छ । जारी खेलमा चितवनले काठमाडौंलाई १६१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले १९ ओभर चार बलमा १६० रन बनाएर अलआउट भयो । उसका लागि पउल स्ट्रलिङले १३ बलमा ३४ रन बनाए ।
बलिङतर्फ काठमाडौंका प्रदीप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक एक विकेट लिए । काठमाडौंले अहिले जवाफि ब्याटिङ गरिरहेको छ ।