२१ असार २०८३, आइतबार

ज्ञानेन्द्रले यसरी मनाउँदैछन् पोखरामा नयाँ वर्ष, पारस पनि सहभागि हुने

मंसिर २६, २०७५
ज्ञानेन्द्रले यसरी मनाउँदैछन् पोखरामा नयाँ वर्ष, पारस पनि सहभागि हुने

काठमाडौ –अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ ।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–त्यसको तयारीको लागि पूर्व राजपरिवार चढ्ने सवारी साधन र सुरक्षाकर्मी सहितको टोली १ गते पोखरा जाने भएका छन् ।

२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डिएसपी पोखरा जाने कार्यक्रम तय भएको छ । करिब दुई साता अघि पूर्व राजाका निजी सचिव तिमल्सिना सहितको टोलीले त्यहाको सुरक्षा अवस्था बारे रेकी गरेर फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।

उनी पोखराको निर्मल पोखरी स्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्ट होटलमा बस्ने कार्यक्रम तय भएको छ । पूर्वराजाले सो होटलको करिब दुई दर्जन कोठा बुक गरेका छन् । 
 नयाँ वर्षमा पूर्व युवराज पारस , पूर्व राजाका वालसखा प्रभु शमसेर राणा लगाययतका आफन्त र तानागोता पनि पोखरा जाने भएका छन् । २ गते पोखरा पुगेपछि ज्ञानेन्द्रले पश्चिमाञ्चलका केही धार्मिक भ्रमण गर्ने र सो होटलमा राजावादीसंग भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

नयाँ वर्ष मनाउन पुर्व युवराज्ञी हिमानी नातिनी, पुर्णिका, किर्तिका र नाती हृदयन्द्र पुस १० गते पोखरा जाने कार्यक्रम तय भएको छ । थाइल्याण्ड अध्ययन गरिरहेका नातिनी नयाँ वर्ष मनाउन नेपाल आउन लागेकी हुन् । पुस १७ गते आफन्तसँग नया वर्ष मनाउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्