०६ साउन २०८३, बुधबार

आरआर क्याम्पसमा भोलि स्ववियु चुनाव, नेविसंघले उमेदवारी दर्ता गराएन

कात्तिक २०, २०७४
आरआर क्याम्पसमा भोलि स्ववियु चुनाव, नेविसंघले उमेदवारी दर्ता गराएन

काठमाडौं, २२ फागुन– रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सोमबार (भोलि) हुँदैछ । यसअघि १८ गते स्थगन भएको चुनाव भोलिका लागि तय भएको हो ।

क्याम्पस प्रशासनले स्ववियु चुनाव भोलिको लागि तय गरेसँगै विद्यार्थी संगठनहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । तर, नेपाल विद्यार्थी संघले भने उमेदवारी दर्ता गराएको छैन ।

‘हामीले हिजो राति १२ बजेसम्म नेविसंघका साथीहरुलाई कुर्‍यौं,’ अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने,‘ उहाँहरुले आन्तरिक व्यवस्थापन गर्न सक्नु भएन, नेविसंघ नआएपनि चुनावी प्रक्रिया प्रभावित हुँदैन ।’

अनेरास्ववियु क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र वस्नेतले चुनावी प्रक्रिया अघि बढ्ने बताए । ‘हामी सवै विद्यार्थी संगठनको सहभागितामा चुनाव होस् भन्ने चाहन्छौं, तर मनोनयन दर्ता गर्ने सयममा पनि कुनै साथी संगठन मनोनयन दर्ता गर्न आउँदैन भने प्रक्रिया अवरुद्ध हुने कुरा आउँदैन, चुनाव हुनुपर्छ ।’

तर नेपाल विद्यार्थी संघका सहमहामन्त्री प्रेम जोशीले भने नेविसंघलाई बाहिर राखेर गर्न लागिएको चुनाव कुनै पनि हालतमा हुन नसक्ने दाबी गरे ।

‘देशको ठूलो विद्यार्थी संगठनलाई बाहिर राखेर चुनाव हुन सक्दैन,’ जोशीले भने,‘भोलिको चुनावी प्रक्रिया बारे नेविसंघसँग छलफल भएको छैन, चुनाव हुँदै छ भन्ने बाहिरबाट हल्ला सुनेको हो क्याम्पस प्रशासनले हामीसँग छलफल गरेको छैन ।’

त्रिभुवन विश्वविद्यालयले फागनु १८ का लागि निर्धारण गरेको स्ववियु चुनाव उपत्यकासहितका विभिन्न जिल्लाका ठूला क्याम्पहरुमा हुन सकेको छैन । स्थगित भएका क्याम्पसहरु चुनाव गराउन विद्यार्थि संगठनहरु छलफलमा जुटेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्