०३ असार २०८३, बुधबार

क्यानडाले हुआवेकी मेङलाई छोडेपछि ट्रम्पले मुद्दामा हस्तक्षेप गर्नसक्ने

मंसिर २६, २०७५
क्यानडाले हुआवेकी मेङलाई छोडेपछि ट्रम्पले मुद्दामा हस्तक्षेप गर्नसक्ने

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगको अमेरिकी सम्बन्धलाई थप बिग्रन नदिनका लागि हुआवे अधिकारी मेङ वान्चोको मुद्दामा हस्तक्षेप गर्न सक्ने बताएका छन् । 

‘यस देशलाई हित हुने काम म गर्छु,’ ट्रम्पले भने । 

चीनको ठूलो कम्पनी हुआवेकी प्रमुख आर्थिक अधिकारी मेङलाई एक क्यानडाली अदालतले धरौटीमा मंगलवार रिहा गरेको छ । 

उनलाई डिसेम्बर १ मा पक्राउ गरिएको थियो । इरानविरुद्ध लगाइएको प्रतिबन्धलाई उल्लंघन गर्नका लागि ठगी गरेको आरोपमा उनलाई अमेरिकामा सुपुर्दगी गरिने सम्भावना छ । 

मेङले कुनै गल्ती नगरेको र सबै आरोपलाई चुनौती दिने बताइन् । 

उनी हुआवेका संस्थापककी छोरी हुन् । वाशिङटन र बेइजिङबीचको व्यापारयुद्ध चर्किरहेको बेलामा उनी पक्राउ परेकी हुन् । यसले गर्दा चीन क्रुद्ध भएको छ र उसको क्यानडा तथा अमेरिका दुवैसँगको सम्बन्ध बिग्रिएको छ । 

रोयटर्स समाचार संस्थासँगको एक अन्तर्वार्तामा मंगलवार ट्म्पले अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थको हित हुने वा चीनसँगको व्यापार सम्झौता हासिल हुने भएमा मेङविरुद्ध जस्टिस डिपार्टमेन्टको मुद्दामा हस्तक्षेप गर्ने बताए । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्