०२ साउन २०८३, शनिबार

कर्मचारी समायोजनविरुद्ध आन्दोलन गर्ने चेतावनी

मंसिर २६, २०७५
कर्मचारी समायोजनविरुद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौँ– नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको जनाएको छ । 

“कर्मचारीसँग छलफल नै नगरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ” सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष गोपालप्रसाद पोखरेलले भने, “सरकारले दुई तिहाइ दम्भका आधारमा कर्मचारी समायोजन अध्यादेश ल्याएको छ ।” 

“कर्मचारीसँग सम्बन्ध राख्ने अध्यादेश ल्याउँदा सरकारले हामीसँग कुनै पनि छलफल गरेन, संविधान र संसद्लाई छलेर ल्याएको अध्यादेशलाई सच्याउनुपर्छ”, उनले भने । 

अध्यक्ष पोखरेलले कर्मचारीसँग विना छलफल गरी ल्याएको अध्यादेशका विरुद्धमा आन्दोलन गर्ने बताउँदै मुलुकको परिवर्तनका लागि निजामती कर्मचारीले ठूलो भूमिका खेलेको तर अहिले केही प्रशासकको इसारामा सरकारले उक्त अध्यादेश ल्याएको आरोप लगाए । 

सम्मेलनमा निजामती कर्मचारीको आधिकारिक सङ्गठन ट्रेड युनियनका महासचिव सुवोधकुमार देवकोटाले संसद्लाई छलेर ल्याइएको कर्मचारी अध्यादेशका विरुद्धमा आन्दालेन गर्ने बताउँदै कर्मचारीको नाममा भ्रम सिर्जना गरेर बद्नाम गर्ने काम सरकारबाटै भएको धारणा व्यक्त गरे ।  

salt training

कमेन्ट गर्नुहोस्