
काठमाडौं– गत असोज २१ गते भक्तपुरको च्यामाहसिंह बस्ने धनलाल घिसिङको काठाबाटै सामसुङ मोबाइल चोरी भयो ।
उनले मोबाइल हराएको भन्दै जब जिल्ला प्रहरी कार्यालय भक्तपुरमा निवेदन दर्ता गरे त्यसपछि खोजतलास गर्ने क्रममा प्रहरीले प्रेम कुमार श्रेष्ठ श्रेष्ठले सञ्चालक गरेको पसलमा साे मोबाइल फेला पार्यो ।
मोरङ रतमाई नगरपालिका वडा नम्बर ५ घर भई हाल जिल्ला भक्तपुरकै जगाती बस्ने श्रेष्ठको पसलमा खानतलासी गर्दा चाेरीका अरु १४ थान माेबाइल र २ थान ट्याबलेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
माेबाइल चोरीमा संलग्न रहेकाे अाराेपमा श्रेष्ठसहित जिल्ला काभ्रेका सुवेस धुसा, मोरङका पुर्ण बहादुर गदाल र भक्तपुरका सुसन नागालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा पेश गरी चोरी मुद्दामा म्याद थप गरेर थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।