×

NMB BANK
NIC ASIA

अयोध्याबाट आएका जन्तीलाई ५६ परिकार खुवाएपछि कम्बल ओढाएर बिदाइ

मंसिर २७, २०७५

NTC
Premier Steels

जनकपुरधाम – सीताराम विवाह पञ्चमीमा जनकपुरधाम आएका जन्तीलाई ५६ परिकारको खाना खुवाएपछि कम्बल ओढाएर बिदाइ गरिएको छ ।

Muktinath Bank

विवाह भएको भोलिपल्ट मर्यादा सहितको भोजन गराएर वस्त्र प्रदान गरी जन्तीलाई बिदा गरिने प्रचलनलाई ‘राम कलेबा’ भन्ने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशनदास वैष्णवका अनुसार प्रत्येक वर्ष सीताराम विवाहपञ्चमीमा जन्तीलाई ५६ परिकारसहित भोजन गराएर कम्बल प्रदान गरी बिदाइ गर्ने गरिएको छ । बिदाइ गर्ने बेलामा दक्षिणा समेत दिने गरिन्छ ।


Advertisment
Nabil box
Kumari

बिहीवारको खानामा महाप्रसाद भात, दाल, शाही पनिर, मटर पनिर, पालक पनिर, आलु काउलीको मिक्स तरकारी, विभिन्न ४–५ किसिमका अन्य तरकारी, आलु, काउली, फर्सी, लौकासहित विभिन्न परिकारका तरुवा, विभिन्न परिकारका भुजिया, साग, धात्रिकको चट्नी, ओलको चट्नी, चामलको खीर, मखानको खीर (तसमई ), पूरी, बुनिया, विभिन्न किसिमका चिप्स, तिलौरी, रसगुल्ला, लालमोहन, पेडा, घ्यू, दही, चिनीसहित ५६ परिकार तयार भएको खाना पकाइरहेका भारतको दरभंगाका राम सोगारथ मण्डलले बताए ।

Vianet communication

प्रत्येक दिन करीब–करीब १० हजार जति मानिसले दिनहुँ खाना खाएको उनले बताए । दिनमा १२ बजेदेखि ४ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म प्रत्येक दिन खाना खुवाउने गरिएको थियो । शुरूका २ दिनमा १० हजारसम्म मानिसले खाना खाएपनि तेस्रो दिनदेखि स्वयम्बरसम्म करीब १ लाखभन्दा बढीले खाना खाएको मुख्य ठेकेदार भारत दरभंगाका शंकर पोद्दारले बताए ।

दरभंगाबाट १० क्विन्टल बेसन, १ हजार टिन तेल (प्रत्येक टिनमा १५ लिटर तेल अटाउँछ), १ सय क्विन्टल चिनी, बोराको बोरा चामल, चना, तरकारी, लगायत सबै खानेकुराको सामान ट्रकमा दरभंगाबाट आएको पोद्दारले बताए ।

उनका अनुसार करीब–करीब भारतीय २ करोड रुपैयाँ जतिको सामान उताबाट आएको हो । भारतको दरभंगा पोखरामका पवन झाले सबै सामान दिलाएका हुन् । झा मुम्बईमा कुरियरको व्यवसाय गर्छन् ।

टेन्ट र खाना पकाउने भाडा मात्र यहाँबाट लिएको र बाँकी सबै सामान पवन झाले दरभंगाबाट ट्रकमा ल्याएको पोद्दारले बताए । ‘हामी १ सय ५० जना लेबर, मिस्त्री आएका छौं । दरभंगा फर्केपछि पवन जीले हामीलाई हिसाब गरेर पैसा दिने गर्छन्,’ उनले भने ।

वर्षाैदेखि भारतका पवन झाले नै सबै खानेकुराको प्रबन्ध गर्दै आएको जानकी मन्दिरका मूल महन्थ राम तपेश्वरदास वैष्णवले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x