२९ असार २०८३, सोमबार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल–सरस्वतीद्वारा एनआरटी पराजित

मंसिर २७, २०७५
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल–सरस्वतीद्वारा एनआरटी पराजित

काठमाडौं –शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफमा सरस्वतीले निर्णायक गोल गर्‍यो । 

खेलको ७३औँ मिनेटमा सरस्वतीका भिक्टोर एमओबीले पेनाल्टीमार्फत विजयी गोल गर्दै सरस्वतीलाई शीर्ष तीन अङ्क दिलाए । खेलको ७२ औँ मिनेटमा एनआरटीका खेलाडीले ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच घोषित भए । 

जारी लिगमा तेस्रो जित दर्ता गराएको सरस्वती नौ अङ्कका साथ अङ्क तालिकाको नवौँ स्थानमा छ । त्यस्तै लगातार सातौं हार ब्योहोरेको एनआरटी एक अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ । 

त्यसैगरी मनाङले शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा छ भने थ्रीस्टार दोस्रो तथा सङ्कटा तेस्रो स्थानमा छ । 

salt training

कमेन्ट गर्नुहोस्