०२ साउन २०८३, शनिबार

कपडा उद्योगीका माग सम्बोधन

मंसिर २७, २०७५
कपडा उद्योगीका माग सम्बोधन

काठमाडौं– सरकारले कपडा उद्योगीले उठाउँदै आएका माग सम्बोधन गर्ने निर्णय गरेको छ । 

गत सोमवार बसेको मन्त्रिपरिषदको बैठकले कपडा उद्योगीहरुले उठाएका माग सम्बोधन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिए । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीपरिषदका निर्णय जानकारी गराउन तयार पारेको प्रेस विज्ञप्तिको पहिलो बुँदामै कपडा उद्योग संघले उठाएका माग सम्बोधन गर्ने उल्लेख गरिएको छ । ‘नेपाल कपडा उद्योग संघले उठाएका मागबारे राय सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको सुझाव कार्यान्वयन गर्ने निर्णय गरिएको छ’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यदलले बनाएको प्रतिवेदनमा उद्योगीले लिने ऋणमा अनुदान दिनु पर्ने, आयात र निर्यातमा भन्सार छुट दिनुपर्ने लगायतका सुझाव उल्लेख छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्