
काठमाडौं– संविधानले तोकेको समयमा संविधानसँग बाझिएका कानुन संशोधन एवम् परिमार्जन गर्न संसद अधिवेशन बोलाउन माग भइरहेको बेला सरकारले धमाधम अध्यादेश ल्याइरहेको छ ।
संसद् अधिवेशन बोलाउने विषयमा कुनै निर्णय नगरी सरकार अध्यादेशमार्फत अघि बढ्न खोजेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
दुई साताअघि कर्मचाररुी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।
यस्तै २४ मंसिरमा मन्त्रिपरिषद् बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश परामर्शका लागि लोकसेवा आयोगमा पठाएको छ ।
यस्तै सामान्य प्रशासन मन्त्रालयले संघीय निजामति सेवा अध्यादेश मस्यौदा तयार पारी मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।