काठमाडाैं, २२ फागुन - दीपेन्द्र के खनाल निर्देशित चलचित्र 'धनपति' को छायांकन सकिएको छ । निर्देशक खनालले फेसबुकमार्फत छायांकन सकिएको जानकारी दिएका हुन् ।
खगेन्द्र लामिछाने, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्रमा रोजिना सिटौलाको निर्माण छ । चलचिको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् ।

सह निर्मातामा रजना नापित र समीर देवकोटा छन् । दीपेन्द्र के खनाल र टुकी आर्टसको ब्यानरमा चलचित्र निर्माण भएको हो ।
चलचित्र अाँउदो वर्ष असार २३ मा प्रदर्शन हुँदैछ ।