२८ असार २०८३, आइतबार

जिप दुर्घटनामा मृत्यु हुने ५ जनाकै सनाखत (नामावलीसहित)

मंसिर २८, २०७५
जिप दुर्घटनामा मृत्यु हुने ५ जनाकै सनाखत (नामावलीसहित)

पाल्पा– बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

साँझ करीब ८ बजे भएको उक्त दुर्घटनामा चालक वर्ष २० का वीरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ बर्षकी तीन दिनकी सुत्केरी भूमिकुमारी दर्लामी रहेका छन् । मृतक सबै माथागढी–८ बहादुरपुरका हुन् । सुत्केरी दर्मामीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल जनाएको छ । 

रातिको समयमा साँघुरो र अप्ठ्यारो बाटो हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने पूर्वखोला–२ का वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए ।  जिप करीब ५०० मिटर तल खोचमा खसेको थियो । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्