
काठमाडौं–कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ हजार घुससहित पक्राउ गरेको छ ।
सेवाग्राहीको कम्पनीमा कायम रहन आएका शेयरधनीहरुको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारले उक्त कार्यालयमा बिचौलियाको काम गर्ने सरीता कार्कीलाई पनि नियन्त्रणमा लिएको छ ।