३० असार २०८३, मंगलबार

गुण्डा नाइके दीपक  मनाङ्गेको मुद्दामा फेरि सुनुवाई हुने

मंसिर २८, २०७५
गुण्डा नाइके दीपक  मनाङ्गेको मुद्दामा फेरि सुनुवाई हुने

काठमाडौँ– गुण्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङ्गेको मुद्दा पुनः सुनुवाइ हुने भएको छ । उनी अहिले  कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका छन् । 

सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज मनाङ्गेका तर्फबाट दायर गरिएको पुनरावलोकन निवेदन सर्वोच्च प्रशासनले गरेको दरपीठ बदर गरेपछि पुनः सुनुवाइ हुने भएको हो । 

तत्कालीन पुनरावेदन अदाललत पाटनले गरेको फैसलामा सर्वोच्च अदालतमा पुनरावलोकन गर्न पाउने अधिकार हुँदाहुँदै नपाएको उल्लेख गर्दै मनाङ्गेका तर्फबाट इन्दिरा गुरुङले पुनरावलोकन निवेदन दर्ता गरेकी थिइन् । 

विसं २०६१ मा महाराजगञ्जस्थित चुफाङ रेष्टुराँमा मिनल गुरुङ (चक्रे मिलन) को दायाँ हात पूरै काटेपछि मनाङ्गेलाई कर्तव्य ज्यान मुद्दामा तत्कालीन पुनरावेलन अदालत पाटनले पाँचवर्ष जेल सजाय सुनाएको थियो । 

मनाङ्गे अहिले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलापछि कैद सजाय भुक्तान गर्दै जेलमा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्