१९ असार २०८३, शुक्रबार

शेयर लगानीकर्ता समूह र सरकारबीच वार्ता

मंसिर २८, २०७५
शेयर लगानीकर्ता समूह र सरकारबीच वार्ता

काठमाडौँ– शेयर बजार सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता समूह र सरकारले गठन गरेको कार्यदलबीच आज वार्ता भएको छ । 

अर्थ मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले आन्दोलनरत शेयर लगानीकर्तालाई पत्रमार्फत वार्तामा बोलाएका थिए । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा यही मङ्सिर २० गते कार्यदल गठन गरेका थिए । 
सो कार्यदलले अर्थमन्त्री डा खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला आन्दोलनरत पक्षसँग वार्ता भएको हो । कार्यदलले शेयर लगानीकर्ता समूहका प्रतिनिधिलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्