
पाल्पा –तिनाउ गाउँपालिका– २ कुुसुमडाँडामा आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लु२ख ११९४ नं को टिपर अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खोलामा खस्दा रुपन्देही मधौलीया घर भएका चालक ३१ वर्षीय महादेव चौधरीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौधरीको शव परीक्षणका लागि लुम्बिनी अस्पताल बुटवल लगिएको छ ।
आजै नुवाकोटमा भएको मिनट्रक दुर्घटनामा १६ जनाको ज्यान गएको छ ।