
काठमाडौं– शनिबारदेखि राजधानीमा हुन लागेको काँग्रेसको महासमिति बैठकमा तत्कालिन फोरम लोकतान्त्रिकका विजय कुमार गच्छदार समूहबाट २०० जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।
शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले गच्छदार समूहबाट महासमिति सदस्यको हैसियतले २०० जना र १५० जना पर्यवेक्षक रहने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि गच्छदारले काँग्रेससँग पार्टी एकता गरेका थिए ।
बैठकले राजनीतिक दस्तावेज, संगठन सम्बन्धि प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदनलाई परिमार्जन सहित पारित समेत गरेको छ । सो प्रतिवेदलाई महासमिति बैठकले अनुमादन गरेपछि कार्यान्वयनमा आउनेछ ।