
काठमाडौं– प्रहरीले पूर्वमाओवादी लडाकू युवराज विकलाई सामाजिक हित विरुद्धको अपराधमा मुद्दा चलाएको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ– महानगरीय प्रहरी परीसर ललितपुरले अनुसन्धानका लागि सात दिन थुनामा राख्न जिल्ला प्रशासनबाट अनुमति लिएको छ ।
बिक बिहीबार गृह मन्त्रालय परिसरबाट पक्राउ परेका थिए ।
बिहीबारै द्धन्द्धका घाइते कुलप्रसाद भट्टराई पुल्चोकस्थित मन्त्री निवास छिर्ने क्रममा मेटासिटसहित पक्राउ परेका थिए । उनीविरुद्ध पनि सामाजिक हित विरुद्धको अपराधमा मुद्दा चलाइएको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।