३० जेठ २०८३, शनिबार

पाठ्यपुस्तक डिजिटलाइज हुनुपर्छ : मन्त्री बराल

मंसिर २९, २०७५
पाठ्यपुस्तक डिजिटलाइज हुनुपर्छ : मन्त्री बराल

बुटवल – ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पाठ्यपुस्तक डिजिटल प्रणालीमा लैजानुपर्ने बताएका छन् ।

अब कागजको मात्र पाठ्यपुस्तकहरू हुन नहुने बताए । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको प्रथम अधिवेशनको शनिवार बुटवलमा उद्घाटन गर्दै मन्त्री बरालले अब डिजिटल युगमा पाठयपुस्तक पनि डिजिटलाइज प्रणाली उन्मुख हुनुपर्ने भन्दै त्यसको लागि स्टेसनरी व्यवसायी खोज अनुसन्धान गर्न आवश्यक रहेको बताए । त्यसको लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए । 

बरालले पुस्तक व्यवसायीलाई कमिसनको खेलमा नलाग्न समेत आग्रह गरे । ‘बिरामी जाँच्ने चिकित्सकले औषधि व्यवसायीको सिफारिस गरेको औषधिको नाम दिन्छ भन्ने सुनेको छु,’ मन्त्री बरालले भने, ‘पुस्तक व्यवसायी पनि पाठ्यक्रम र शिक्षा मन्त्रालयले निर्धारण गरेको पुस्तकभन्दा अन्य पाठ्यक्रमको पुस्तक विद्यार्थीलाई लागू गर्न दबाब नदिनुहोला ।’ मन्त्री बरालले पेशागत मर्यादालाई कायम राखेर काम गर्न व्यवसायीलाई सुझाव पनि दिए ।

सरकार शिक्षा नीतिलाई व्यावसायिक तथा उत्पादनमुखी जनशक्ति उत्पादन गर्नेतर्फ लागिरहेको भन्दै उनले व्यवसायीले सामाजिक उत्तरदायित्व सम्झेर नीति निमार्णमै सहभागी हुन आग्रह समेत गरे ।

प्रदेशका १२ जिल्लाको विवरण प्रस्तुत गर्दै आफूहरू व्यवसायी मात्र नभई समाज रुपान्तरणको अभियन्ता भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेशका संयोजक दीवाकर घिमिरेले बताए । 

नेपाल चेम्बर्स अफ कमर्सका केन्द्रिय सदस्य टंक पोखरेल, उद्योग व्यापार संगठनका खिम नारायण पराजुली, व्यवसायी हेमन्त शर्मा, त्रिलोचन ज्ञवाली लगायतले कार्यक्रममा बोलेका थिए ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको शनिवारबाट शुरू भएको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्