११ साउन २०८३, सोमबार

समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य : मन्त्री विश्वर्कमा

समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य : मन्त्री विश्वर्कमा

काठमाडौँ-  नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । 

शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुग्नुभएका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताउनुभएको हो । 

फुटबल खेल देश तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गइरहेको र यस्तै नगरस्तरका खेलबाट नै खेलाडीहरु राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पुग्ने विश्वास रहेको मन्त्रीले बताउनुभयो । 

नगरस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रथम भएको शङ्खरापुर नगरपालिका–९ लाई एक लाख, दोस्रो भएको वडा नं २ लाई ५० हजार र तेस्रो बनेको वडा नं १ लाई २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रद्वारा मन्त्री विश्वर्कमाले सम्मान गर्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्