काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २१ औं साधारण सम्पन्न गरेको छ । बैंकले बुधबार आफ्नो २१ औं साधारण सभा सम्पन्न गरेको हो ।
उक्त साधारण सभाले आव २०७४÷०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गरेको छ ।
त्यस्तै सभाले लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आव २०७४÷७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
साधारण सभाले बैंकको सहायक कम्पनी एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआई सी एशिया क्यापिटल लिमिटेड सहितको आव २०७४÷७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
सभाले चालु आव २०७५÷७६ को लागि टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशतका दरले ८० करोड ३१ लाख ११ हजार ७ सय रुपैयाँको बोनस शेयर वितरण गर्न र त्यसमा लाग्ने कर प्रयोजनको लागि शुन्य दशमलय २६ प्रतिशत अर्थात ४ करोड २२ लाख ९९ हजार ३७रुपैयाँ नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।