२१ असार २०८३, आइतबार

ओलीले भने–अर्काे पटक दुई तिहाइ जनताले हामीलाई मत दिन्छन्

ओलीले भने–अर्काे पटक दुई तिहाइ जनताले हामीलाई मत दिन्छन्

काठमाडौ –प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
 नेपाल इन्जिनियरस एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरुलाई बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
 प्रधानमन्त्री ओलीले सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको बताउनुभएको छ । “देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका भएका इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून वेतनमा काम लगाउन पाइदैन । यो अवस्थाको अन्त्य गर्छौं ।”
 प्रधानमन्त्री ओलीले प्रगतिशिल इन्जिनियरस् एशोसिएसनले अध्यक्ष सहित बहुमत स्थानमा विजयी हासिल गरेकोमा बधाइ दिंदै यो विजयलाई देश निर्माणको डिजाइनमा उपयोग गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले ठिक ढंगले काम गरिरहेको बताउनुभएको छ । “हामी समयलाई गाल्ने पक्षमा छैनौ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “पाँचबर्षमा यसरी काम गर्छौं कि अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिनेछन् ।”
 

salt training

कमेन्ट गर्नुहोस्