
काठमाडौं– अमेरिकी रक्षामन्त्री जिम मेट्रिक्सले पदबाट राजीनामा दिएका छन् । सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको घोषणासँगै उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राजीनामापत्रमा मन्त्री मेट्रिक्सले आफ्नो असहमति रहेको र ट्रम्प प्रशासनले आफू भन्दा नजिकको व्यक्तिलाई रक्षामन्त्री नियुक्त गर्नसक्ने भन्दै राजीनिमा दिएको बीबीसीले जनाएको छ । रक्षामन्त्री मेट्रिक्सले आगामी फेब्रुरीको अन्त्यपछि पद छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फट राष्ट्रपति ट्रम्पले मेट्रिक्सले राजीनामा दिएको पुष्टि गरेका हुन् ।
ट्रम्पले बुधबार मात्रै सन् २००० अमेरिकी सैनिक फिर्ता बोलाएका थिए । राष्ट्रपति ट्रम्पले उनको उत्तराधिकारी को हुन् भन्ने विषयमा केही खुलाएका छैनन् ।