०३ असार २०८३, बुधबार

काँग्रेसले बल्ल जुटायो विधानमा सहमति

काँग्रेसले बल्ल जुटायो विधानमा सहमति

काठमाडौं– विवादका कारण पारित हुन नसकेको काँग्रेसको विधान संशोधन मस्यौदा पारित भएको छ । 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पेश गरेको विधानको संशोधित मस्यौदा सर्वसम्मतिले पारित गरेको हो । 

पारित मस्यौदा खड्काले भोलि महासमितिको बैठकमा पेश गर्न सक्नेछन् । 

विधानमा सहमति नजुट्दा महासमिति बैठक प्रभावित हुँदै आएको थियो । 

सहमतिअनुसार अब सहमहामन्त्री ८ जना हुने भएका छन् । यससँगै पदाधिकारीको संख्या १४ हुनेछ, जसमा कोषाध्यक्ष मात्र मनोनित र बाँकी सबै निर्वाचित हुनेछन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय कार्यसमितिको आकार पनि बढेको छ । अब केन्द्रीय समिति पनि १७१ सदस्यीय हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्