
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले दाइजोमा पाएको जग्गा नेपाल ट्रष्टलाई दिने फैसलामा असन्तुष्टि जनाउँदै पुनरावलोकनका लागि सर्वोच्च अदालतलको संवैधानिक इजलासमा निवेदन दर्ता गराएकी छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल ट्रष्टको कार्यालय लगायतलाई विपक्षी बनाइ दर्ता गरिएको निवेदनमा आफ्नो मौलिक हकको हनन् हुने गरी फैसला भएको उल्लेख छ ।