
काठमाडौं– अब माध्यामिक विद्यालय तहमा कुनै पनि विदेशी सम्बन्धनका विद्यालय सञ्चालन गर्न पूर्णरुपमा निषेध गरिने भएको छ ।
विदेशी सम्बन्धन लिएर कक्षा सञ्चालनमा आइरहेका माध्यामिक विद्यालयलाई पनि छिट्टै हटाइने भएको छ ।
सरकारद्वारा गठीत उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षाको दीर्घकालीन सुधारसम्बन्धी प्रतिवेदनको मस्यौदा पारित भए विदेशी सम्बन्धनबाट कुनै पनि विद्यालय सञ्चालन गर्न पाइने छैन ।
प्रतिवेदनमा हाल विदशी सम्बन्धनमा सञ्चालित विद्यालयलाई समय दिएर हटाउन प्रस्ताव गरिएको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।