३१ असार २०८३, बुधबार

कारागारबाट फरार कैदी पक्राउपछि सार्वजनिक

कारागारबाट फरार कैदी पक्राउपछि सार्वजनिक

धनगढी –जिल्ला कारागार कैलालीबाट २ वर्ष पहिले फरार रहेका कैदीलाई पक्राउ गरेपछि शनिवार सार्वजनिक गरिएको छ ।

काठमाडौंको सितापाइलाबाट शुक्रवार पक्राउ परेका धनगढी उपमहानगरपालिका–६ जालीका ३५ वर्षिय सुरज कोलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिउ मास्ने, बेच्ने मुद्दामा कैद भुक्तान गरिरहेकै अवस्थामा कोली २०७३ असोज २० गते कारागारबाट फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनाका अनुसार सो मुद्दा अन्तर्गत जिल्ला अदालत कैलालीले उनलाई १२ वर्ष कैद सजाय सुनाएको थियो । उनी ९ वर्ष ३ महिना सजाय भुक्तान गरिसकेका थिए ।

अब उनलाई बाँकी र थप गरी सजाय भुक्तान गर्नुपर्ने कानूनी प्रावधान रहेको प्रहरी उपरीक्षक तिमिल्सेनाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्