१९ असार २०८३, शुक्रबार

दिगम्बर झालाई बर्खास्तीको माग गर्दै नेकपाका तीन दर्जन बढी केन्द्रीय सदस्यले बुझाए ओली–प्रचण्डलाई ज्ञापनपत्र

दिगम्बर झालाई बर्खास्तीको माग गर्दै नेकपाका तीन दर्जन बढी केन्द्रीय सदस्यले बुझाए ओली–प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौं– हालै दूरसञ्चार प्राधिकरणमा नियुक्ति पाएका दिगम्बर झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका तीन दर्जन बढी केन्द्रीय सदस्यले नेकपा नेकपा पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 

शनिबार नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, डा.विजयकुमार पौडेललगायतका नेताहरु पार्टी कार्यालयमा पुगेर झालाई बर्खास्तीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा झा विवादास्पद व्यक्ति भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको छ । 

नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी कार्यालयसचिव कृष्ण गोपाल श्रेष्ठमार्फत ओली र प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको पुष्टि गर्दै आइतबार सो ज्ञापनपत्र अध्यक्षलाई श्रेष्ठले हस्तान्तरण गर्ने तय भएको लोकान्तरलाई जानकारी दिए । 

‘प्रधानमन्त्री ओलीले “म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न” भन्दै आएपनि दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छवीका मानिसलाई राजनीतिक नियुक्ति दिइएको छ। कतिपय घटनाक्रम तथा काम–कारवाहीहरुले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गंभिर धक्का दिने हुँदा यसतर्फ पार्टी शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको हो’ उनले भने । 

ज्ञापनपत्रमा सहमति जनाउनेमा रामचन्द्र झा, .विजय गुरुङ, यदुवंश झा,सत्रुघ्न महतो, निरज आचार्य,धर्मराज निरौला,विश्वनाथ प्याकुरेल,प्रेमलकुमार खनाल, सरला यादव, सिता गिरी ओली,रामकुमार ज्ञवाली, रविन कोइराला, पी.एल.श्रेष्ठ, रविन्द्र बैठा, दिलु पन्त, सुधिर शाह, योगनारायण यादव, मोहम्मद महफुज अन्सारी,विरोध खतिवडा, जयन्ती राई, मेटमणी चौधरी, गणेश पहाडी, चुडामणी जंगली, सुरेन्द्र मानन्धर    .श्री प्रसाद शाह, शेरबहादुर तामाङ, तैयब हुसेन, पशुपति चौलागाईं, तुलबहादुर गुरुङ, घनेन्द्र बस्नेत, कृष्ण खनाल, महेश्वर पाठक, गोविन्दबिक्रम शाह, श्रीमाया थकाली
र डा.वंशीधर मिश्र रहेका छन् । 

यस्तै कृष्ण के.सी., ठाकुर गैरे , माधव अर्याल, भाष्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र डा.विजयकुमार पौडेलले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । 
यसअघि जारी नेकपाको बैठकमा पनि नेताहरुले झालाई बखास्तीको माग गरेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्