२२ असार २०८३, सोमबार

कांग्रेस महासमिति बैठक आज सकिँदै, सामान्य छलफल गराएर विधान मस्यौदा पारित गर्ने तयारी

कांग्रेस महासमिति बैठक आज सकिँदै, सामान्य छलफल गराएर विधान मस्यौदा पारित गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । संघीय संरचना अनुसारको विधान मस्यौदा शनिबार बैठकमा पेस भएको हो । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गरेका हुन् । 

प्रस्ताव प्रस्तुत भएसँगै महासमिति सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको छ । महासमिति सदस्यहरुले राखेको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले आइतबार पारित गर्ने तयारी छ । मंसिर २९ मा उद्घाटन भएको महासमिति बैठक पार्टी केन्द्रीय समितिमा विधान संशोधनको प्रस्तावमा सहमति जुट्न ढिला हुँदा अझै जारी छ ।

कांग्रेसको विधान संशोधनका विषयमा महासमिति बैठकमा सदस्यहरूबाट धेरै विषय उठाइए पनि ती विषयमा बैठकमा गम्भीर छलफल नहुने भएको छ । केन्द्रीय कार्यसमितिले पारित गरे अनुसार नै महासमिति बैठकबाट आज पारित गर्ने तयारी छ ।

बैठकको आठौँ दिनमा मात्रै पार्टीको विधान मस्यौदा प्रस्तुत भएकाले अन्य विषयमाथि छलफल नभ्याइने भएको हो । सामान्य छलफल गराएर आइतबार बिहान बैठक सम्पन्न गर्ने तयारीमा नेताहरू पुगेका हुन् । ढिलो गरी विधान मस्यौदा बैठकमा पेस भएको र सामान्य छलफलबाट पारित गर्ने तयारीमा नेताहरु पुगेपछि ५० प्रतिशतभन्दा बढी महासमिति सदस्यहरु घर फर्किसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्