
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
आइतबार बिहान बसेको बैठकमै जवाफ दिने भनिएपनि कार्यव्यस्थताका कारण साँझको बैठकमा जवाफ दिने भन्दै नेताहरु बहिरिएका थिए ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतवार नै साँझ बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने जानकारी गराए । मंसिर २९ देखि काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा बोल्ने बहुसंख्यक सदस्यहरुले सरकारको कामकारवाहीको आलोचना गरेका थिए । सरकारले पार्टीसँग समन्वय नगर्दा सरकरको कामको आलोचना भएको उनीहरुले बताएका थिए ।