१० साउन २०८३, आइतबार

‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

काठमाडौँ-  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताउनुभएको छ । 

बैङ्किङ, फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालले आज यहाँ आयोजना गरेको डिजिटल प्रविधिले मानव जीवनमा ल्याएको परिवर्तन विषयक कार्यक्रममा उहाँले डिजिटल प्रविधिलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्न सके बैङ्किङ क्षेत्रको आर्थिक उन्नतिमा लाभ हुनसक्ने उल्लेख गर्नुभयो । मानवीय अर्थतन्त्र र प्रविधि एकअर्काको परिपूरकको रुपमा रहेको उहाँको भनाइ छ । 

नेपाल बैङ्कर्स एशोसियशनका प्रमुख ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले डिजिटल प्रविधिको विकाससँगै चुनौती थपिएकाले बैङ्किङ क्षेत्रलाई सहज हुन आग्रह गर्नुभयो । “प्रविधिका बारेमा बैङ्किङ क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई ज्ञान नहुनु आजको सबैभन्दा ठूलो चुनौती हो”, उहाँले भन्नुभयो । सो अवसरमा नेपाल तथा भारतका विभिन्न बैङ्क तथा इन्सुरेन्स कम्पनीका प्रतिनिधिले डिजिटल माध्यमबाट मानवीय क्षेत्रमा आएको सकारात्मक तथा नकारात्मक परिवर्तनका बारेमा छलफल गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्