
काठमाडौं, २३ फागुन – सप्तरीको राजविराजमा मधेशी मोर्चा र प्रहरीबीच झडप भएको छ । उक्त स्थानमा एमालेले गरेको आमसभा सकिएलगत्तै मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
औद्योगिक क्षेत्रमा एमालेले गरेको कार्यक्रम सम्पन्न भएपछि मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।
एमालेका अध्यक्ष केपी ओलीको भाषण सकिएपछि मोर्चाका कार्यकर्ताले सुरक्षा घेरा तोडेर आक्रमण गर्ने कोसिस गरेका थिए । तर, कडा सुरक्षाका कारण उनीहरूले एमाले कार्यकर्तालाई भने आक्रमण गर्न भने पाएनन् ।
मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने केही प्रहरी समेत घाइते भएका छन् ।
प्रहरीले अवस्था नियन्त्रणको लागि हवाई फायर गरेको छ । मोर्चाका कार्यकर्ताले प्रहरीको घेरा तोड्ने कोसिस गरेपछि तनाव सिर्जना भएको थियो । सप्तरीका प्रमुख जिल्ला अधिकारी उदय प्रसाद तिमल्सिनाले अवस्था नियन्त्रण लिनको लािग कोसिस भइरहेको जानकारी दिए ।