३० जेठ २०८३, शनिबार

सांसदको शपथ खान पाउँ भन्दै दीपक मनाङले दिए निवेदन

सांसदको शपथ खान पाउँ भन्दै दीपक मनाङले दिए निवेदन

पोखरा– सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कारागारबाट रिहा भएका ‘गुन्डा नाइके’ दीपक मनाङे भनिने राजीब गुरुङले गण्डकी प्रदेशसभा सदस्य (सांसद)को सपथ ग्रहण गर्न पाउँ भन्दै निवेदन दिएका छन् । 

मनाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट प्रदेशसभा सदस्यमा विजयी मनाङेले सपथ ग्रहण गर्न पाएका थिएनन् । यसबीचमा उनीविरुद्धको एक मुद्दाका सिलसिलामा उनी कारागार चलान भए । 

सर्वोच्चको आदेशपछि कारागारबाट रिहा भएका उनले बिहीवार गन्डकी प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएर सांसद पदको सपथ ग्रहण गराउन माग गरेका छन् । 

गन्डकी प्रदेशसभा सचिवालयले मनाङेको निवेदन १८६ नम्बरमा दर्ता गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्