२८ जेठ २०८३, बिहीबार

बुटवलमा आइतवारदेखि सडक खाना महोत्सव

पुस १३, २०७५
बुटवलमा आइतवारदेखि सडक खाना महोत्सव

बुटवल – आन्तरिक तथा बाह्य पर्यटकलाई ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा भित्र्याउने उद्देश्यसहित आइतवारदेखि सडक खाना महोत्सव हुने भएको छ ।

नयाँ वर्ष सन् २०१९ को अवसर पारेर होटल तथा रेष्टुरेन्ट व्यसायी संघ, रूपन्देहीले ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित यस क्षेत्रमा नै पहिलो पटक खाना महोत्सव आयोजना गरेको हो ।

महोत्सव बुटवल–९ र ११ अन्तर्गत पर्ने तीनकुनेदेखि होराइजनचोकसम्मको सडकमा लाग्ने छ । महोत्सव आयोजक होटल व्यवसायी संघले शुक्रबार पत्रकार सम्मेलन गरी खाना महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो । 

लुम्बिनी आउने आन्तरिक आन्तरिक तथा बाह्य पर्यटकहरूलाई बुटवल ल्याउने आफूहरूको प्रमुख उद्देश्य रहेको संघका अध्यक्ष समुन्द्र जिसीले जानकारी दिए । उनले भने, ‘यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासमा टेवा थप्ने लक्ष्यका साथ खाना महोत्सव आयोजना जर्मको गरेका हौं ।’

महोत्सव २ दिन चल्नेछ । महोत्सवमा जातिगत रूपमा थारु, मगर, थकाली, गुरूङ, क्षेत्री, नेवार समुदायका परिकारका साथै नेपाली, चाइनिज, इटालियन, थाई खानाका परिकारहरू पाइने छन् । 

मेलमा ५० भन्दा बढी स्टलहरू रहनेछन भने, ५० हजार दर्शक पर्यटकहरू र ५० लाख रूपैयाँको कारोबार हुने लक्ष्य लिइएको संघका महासचिव माधवकुमार खनालले जानकारी दिए ।  महोत्सव दिउसो ३ बजेदेखि राति १२ बजेसम्म चल्नेछ । महोत्सव आइतवार प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम छ । 

महोत्सव अवलोकन गर्ने आउने पर्यटकलाई बुटवलमा होटलमा आवासका लागि २० र खानामा १० प्रतिशत छुटको व्यवस्था समेत मिलाइएको संघका उपाध्यक्ष बाबुराम गौतमले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्