काठमाडौं, २४ फागुन - मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीको राजविराज स्थित नेपाल टेलकिम र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । कार्यालयहरूमा सामान्य क्षति पुगेको छ । सशस्त्र प्रहरीको कडा सुरक्षाकाबीच मोर्चाका कार्यकर्ताले कार्यालयमा आक्रमण गरेका हुन् ।