२३ जेठ २०८३, शनिबार

ग्लोबल आईएमई बैंकको थप ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

ग्लोबल आईएमई बैंकको थप ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं – ग्लोबल आईएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले मंगलवारदेखि नवलपरासी बर्दघाट–सुस्ता पूर्वजिल्लाको मध्यविन्दु नगरपालिका–१५ हर्बस्टारमा ११३ औैं शाखा सञ्चालनमा ल्याएको छ ।

बुधवारदेखि सोहीे जिल्लाकै कावासोती नगरपालिका–१७ गोछडामा ११४ औं र बिहीवारदेखि पाल्पा जिल्ला रम्भा गाउँपालिका–१ हुँगीमा ११५ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

तीनै शाखारहित बैंकिङ सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयको रोहवरमा भएको छ । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छन् । 

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीश होम, सीडीएमए र यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका वासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा शुरू गरेको हो ।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्