२८ जेठ २०८३, बिहीबार

वीर र ट्रमा सेन्टर लथालिंग

पुस १५, २०७५
वीर र ट्रमा सेन्टर लथालिंग

 काठमाडौं–पदाधिकारी अभावमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा दैनिक कामकारबाही प्रभावित भएका छन् ।

 यतिखेर न्याम्स उपकुलपतिविहीन छ । पदाधिकारीको नियुक्ति रोकिँदा स्वास्थ्य सेवामा समेत गम्भीर समस्या उत्पन्न भएको छ ।

न्याम्सअन्तर्गत रहेका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अत्यावश्यक सेवा रोकिन पुगेको हो । ट्रमा सेन्टरमा एक महिनादेखि बिग्रिएको सिटिस्क्यान मेसिन अझै बन्न सकेको छैन । ‘सिटिस्क्यान मेसिन बनाउन सात लाख रुपैयाँ खर्च लाग्छ । तर, अख्तियारी दिने अधिकारी नभएका कारण उक्त मेसिन बनाउन सकेका छैनौँ,’ अस्पतालमा कार्यरत एक कर्मचारीले भने । सेन्टरमा निमित्त निर्देशक डा। विनोद शेरचन छन् । उनले अत्यावश्यक मेसिन खरिदका लागि अख्तियारी दिन मानेका छैनन् ।  नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्