काठमाडौं–मेलम्ची आयोजनाको ठेक्का लिएको इटालीयन कम्पनी सीएमसी दी रेभेन्लाले नेपाली बैंकमा राखेको बैंक ग्यारेन्टी नवीकरण नगरे आयोजनाको ठेक्का रद्द गर्दै नयाँ प्रक्रिया अघि बढाइने भएको छ ।
बैंक ग्यारेन्टी नवीकरण गर्ने अन्तिम दिन सोमबार रहेको छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–सामान्यतथा ठेकेदार कम्पनीले राखेको बैंक ग्यारेन्टी सकिने अन्तिम मितिभन्दा २८ दिन अघि नै नवीकरण गरिसक्नुपर्ने प्रावधान रहेको कायोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।