
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा आज देखि नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।
गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनको सभापत्विमा आयोजित एक समारोहमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले प्रभु बैंकको रानीबास शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
रानीबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव एवं छिमेकी देश चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल र रुरु गाउँपालिकाका अध्यक्षश्री निलकण्ठ गौतम विशिष्ट अतिथिका रुपमा थिए ।
बैंकले रानीबास शाखा कार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्नवर्ग, महिला उद्यमीतथा भूकम्प पीडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ । गुल्मी जिल्ला स्थित बैंकको रानीबास शाखा कार्यालय उद्घाटन कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यावसायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
आज देखि सञ्चालनमा आएको प्रभु बैंकको गुल्मी जिल्लास्थित रानीबास शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र रुरु गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।